मसुरिया, १५ फागुन ।। संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) टेवल गरि पास गरेको बिरोधमा कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ९ मसुरिया साझा बजारमा बिरोध गरिएको छ । नेकपा (बिप्लप) को नेतृत्वमा आईतवार राके जुलुस सहित एमसिसि खारेज गर्न भन्दै बिरोध जुलुस निकालिएको हो ।
बिरोध जुलुसमा सहभागि सो पार्टीका कार्यकर्ता तथा देशभक्त नागरिकहरुले राष्ट्रघाती एमसिसि खारेज गर, राष्ट्रिय स्वाधिनताका लागि सम्पुर्ण देशभक्त नागरिकहरु एक होऔं, गो ब्याक अमेरिका, एमसिसि चाहिंदैन्, नेपाली अनुहारका अमेरिकी दलालहरु होसियार लगायतको नाराबाजी गरेका थिए ।
