Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एनसेलको नयाँ भ्वाइस प्याक, जुनसुकै नेटवर्कमा सस्तो पैसामा कल गर्न सकिने

0 95

काठमाडौं, २४ फागुन । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन् ।एनसेल आजियाटा लिमिटेडले यसका लागि ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ ।

यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याक उपलब्ध छन् ।

सोमबारदेखि सञ्चालनमा आएको यो अफर अन्तर्गत ग्राहकले कर सहित रु  १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न एक दिन, तीन दिन, सात दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु १४ मा लिन सक्छन् भने तीन दिन समयसीमा रहेको ६५ टक टाइम रु ४५ मा सुचारु गर्न सक्छन् ।

त्यसैगरी रु ९४ मा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले ८१७११८८३३ डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गर्न सक्ने जनाइएको छ ।

अलि धेरै समयसीमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक उपलब्ध छ ।

यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेका दुईवटा अन्य प्याक पनि छन्, जसअन्तर्गत ग्राहकले रु २६५ मा ४७५ मिनेट टक टाइम र रु ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।

School
टिप्पणीहरू
Loading...