Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एकीकृत समाजवादी सुदूरपश्चिमको संसदीय दलको नेतामा सोडारी सर्बसम्मत

0 28

धनगढी २९ भाद्र/ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन्।

नेकपा एमाले विभाजन भएपछि दोस्रो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका थिए। दलको सोमबार बसको पहिलो बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो।

टिप्पणीहरू
Loading...