धनगढी, १० फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धनगढी आउने भएका छन् ।
अखिल नेपाल महिला संघ (समाजवादी)को प्रदेश भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल शुक्रबार धनगढी आउन लागेका हुन् ।
उक्त भेलामा संगठनसँग आवद्ध सम्पूर्ण महिलाहरुलाई उपस्थित हुन अखिल नेपाल महिला संघ (समाजवादी) प्रदेश सचिव गीता सोडारीले अपिल गरेकी छन् ।
