कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • एकिकृत समाजबादीको बैठक : बाग्मती छाड्नुपरे सुदूरपश्चिममा दाबी

    एकिकृत समाजबादीको बैठक : बाग्मती छाड्नुपरे सुदूरपश्चिममा दाबी
    Spread the love

    काठमाडौं, २० असार ।। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक बसिरहेको हो ।वागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा छन् ।

    सहमति अनुसार वागमतीमा मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने नेकपा एसलाई चर्को दबाब छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ताघटककै कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरिसकेका छन् । बैठकमा वागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको सो पार्टीको दाबी छ ।

    ‘वागमती प्रदेशका बारेमा आवश्यक छलफल हुन्छ । यदि छाड्नैपर्ने हो भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा हाम्रो स्वतः दाबी रहन्छ ’, एक नेताले भने, ‘त्यो बाहेक अन्य विकल्प पनि सोच्न सकिन्छ । मुख्य कुरा गठबन्धनलाई कसिलो बनाउँदै लैजाने भन्ने कुरा नै हो ।’

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD