पहलमानपुर, ३० असार ।। कठरिया समुदायकाे एकता र सद्भावका लागि कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिका ३ लक्कडमा आयाेजना गरिएकाे मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएकाे छ । खेल कठरिया जनप्रतिनिधि, संस्थाका पदाधिकारी र राजनिज्ञहरुकाे टिम (निलाे) र पत्रकार, कलाकार, लेखकहरुकाे टिम (राताे) बिच भएकाे हाे ।
साे खेलमा राजनिज्ञ, समाजसेवीहरुकाे टिमलाई १ का बिरुद्ध २ गाेल अन्तरले हराउँदै पत्रकार, कलाकर्मीहरुकाे टिम खेल जितेकाे छ । काेपिला युवा समाजकाे खेलमैदानमा भएकाे उक्त खेलमा राजनिज्ञहरुकाे टिमबाट कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरिया, केन्द्रिय सदस्य बिरेन्द्र कठरिया, राजिनिज्ञ बालकृष्ण कठरिया, कैलाली ३ का प्रदेश सभा उम्मेदवार सन्ताेष कठरिया, समानुपातिक उम्मेदवार रामकुमार कठरिया, अवेश कठरिया लगायत रहेका थिए ।
उता कलाकार लेखकहरुकाे टीममा पत्रकार टीआर कठरिया, लेखक जय कठरिया, गितकार बिकाश कठरिया, माेडेल हेमन्त कठरिया, लेखक लाैटन कठरिया, गायक सत्य नारायण कठरिया, लेखक सुरेश, देशराज कठरिया, माेडेल, कारियाेग्राफर प्रदिप कठरिया लगायत रहेका थिए ।
कठरिया समुदायको एकता र सद्भावका लागि आयाेजित कार्यक्रम सम्पन्न पार्न जिल्लाका २१ भन्दा बढि गाउँका अगुवाहरुकाे उत्साहनजक उपस्थिति रहेकाे थियाे !

