कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • आफ्नै ताकतमा चुनाव लड्ने तयारी भैरहेको छ– प्रचण्ड

    Spread the love

    पहलमानपुर, ३० फागुन ।। आफ्नै ताकतमा स्थानिय तहको चुनाव लड्ने तयारी भईरहेको पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले बताएका छन् । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न धनगढी पुगेका दहालले पार्टी भित्र सर्बप्रथम आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने तर आवश्यक भएको खण्डमा अहिलेको गठबन्धनमा नै तालमेल हुन सक्ने बताए हुन् ।

    गठबन्धन भित्र कुनै अप्ठ्यारो, तितो नभएको बताउँदै पुर्व प्रधानमन्त्री दहालले संचारकर्मीहरुको जिज्ञासामा जवाफ दिंदै एक अर्को प्रसङ्गमा भर्खरै बजारमा आएको प्रकाश सपुतको गित धेरै विवादित नभएको बताएका छन् ।

    ‘मानिसहरुले आफ्नो अनुभव, अनुभुति अनुसार गीत कविता बनाउँछन् त्यसमा मत भिन्नता हुन सक्छन् तर माओवादी आन्दोलनको कुनै एक पाटोको बिषयमा कसैले चर्चा गर्‍यो भने आबेगमा आउनु पर्ने आवश्यकता देख्दिन्’ उनले भने । तर माओवादी आन्दोलनलाई, माओवादी कार्यकर्ताहरुलाई एउटा पाटोबाट मात्रै हेरियो भने त्यो गलत हुनेछ । यसका धेरै आयामहरु, मर्महरु छन् उनको तर्क छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD