Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

आज विश्व एड्स दिवस मनाइँदै

0 62

कैलाली, १५ मंसिर ।। आज ३५ औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाइँदै आएको छ । सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पु¥याउने, उपचारदर पनि ९५ प्रतिशत नै पु-याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँने गरिन्छ ।

एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा एड्स सम्वन्धि उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलव्ध गराउँदै आएको छ ।

नेपालमा पहिलो पटक सन १९८८ मा एचआईभी/एड्सको पहिलो व्यक्ति पत्ता लागेको थियो। देशभर कुल ३० हजार एचआईभी संक्रमितमध्ये २१ हजार ७ सय २३ ले मात्र एन्टीरेट्रोभाइरस (एचआईभी एड्स) उपचारमा छन् ।

आर्थिक वर्ष २०७८/७९ मा कैलालीमा एक सय ५३ जनामा एचआईभी/एड्स संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिलेसम्म एचआइभी एड्सकै कारण चार सय ३८ जनाको मृत्यु भइसकेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा तीन हजार पाँच सय ७३ संक्रमितले मात्र एन्टीरेट्रोभाइरस एचआईभी एड्सको उपचारमा छन ।

School
टिप्पणीहरू
Loading...