काठमाडौं, ९ पौष ।। आज तोल ल्होसार पर्व धुमधामका साथ मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ ।
तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ । पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ । यसो गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ ।
आजको दिन घर आगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पुजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पुजा आजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भुत प्रेतको पराजय होस् भनि प्रार्थना गरिन्छ । अनि अग्रज तथा मान्यजनबाट आशिर्वाद लिँदै फुरौला,बाबरी रोटी, कन्दमुल आदि ग्रहण गरिन्छ ।
