Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

आज चैत्र–अष्टमी दुर्गा भवानीको पूजा आराधना गरि देशभर मनाइदै

0 34

कैलाली, १५ चैत ।। चैत्र–अष्टमी अर्थात चैते दशैं पर्व आज देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । चैते दशैं पर्वको अवसरमा आज बिभिन्न स्थानमा रहेको शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै देखि पूजा तथा दर्शन गर्न दर्शनार्थीको चहलपहल हुन्छ । चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिएको छ । यस्तै देशका विभिन्न देवीमन्दिर तथा शक्तिपीठहरुमा आज मौलो पूजा पनि गरिएको छ ।
दशै लगायत देवीपूजाको लागी महत्वपूर्ण पर्वहरुमा शक्ति उपासना गर्नाले आसुरी वृतिमाथि विजय प्राप्त गरी सत्य र न्यायको स्थापनामा बल पुग्ने हिन्दु धर्मालम्वीहरुको महान ग्रन्थ गरुण पुराणमा उल्लेख गरिएको छ ।
एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ । चैते दशै पर्वको अबशरमा सार्वजनिक बिदा नहुदाँ रोजगार, शिक्षा लगायतको बाहनामा घर बाहिर रहेकाहरु पर्व मनाउन घर जान नपाउदाँ अपेक्षा गरिए अनुरुप रौनकता भने कमै देखिएको छ । हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।

School
टिप्पणीहरू
Loading...