पहलमानपुर, ७ बैशाख ।। कैलालीकाे घाेडाघाेडी नगरपालिका १ सुखडमा आज (विहिवार) वाट घाेडाघाेडी साँगितिक उत्सव २०८० हुनगईरहेकाे छ । आभार सञ्चार कम्पनी प्रा. ली. काे आयाेजनामा आजवाट उत्सव हुन लागेकाे हाे ।
सुखड स्थित हेलित्याडमा हुनगईरहेकाे उत्सव आयाेजना गर्न आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भईसकेकाे आभार सञ्चार कम्पनी प्रा. ली. का प्रवन्ध निर्देशक तथा उत्सव संयाेजक प्रकाश मिश्रले बताए । साथै कार्यक्रमकाे उद्घाटन घाेडाघाेडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले गर्ने आयाेजकले जनाएकाे छ ।
उत्सवकाे पहिलाे दिन आज चर्चित गायक टंक तिमिल्सेना, माेडेल झरना सिंह लगायतकाे प्रस्तुती रहने बताईएकाे छ । यस्तै महाेत्सवकाे अन्य दिनहरुमा चर्चित नायक पल शाह, पुष्प खड्का, गायिका एलिना चाैहान, हेमराज थापा लगायतका कलाकारहरुकाे बेजाेड प्रस्तुती रहने सहसंयाेजक बिनाेद बुचाले बताए ।
स्थानीय कला, संस्कृतिकाे संरक्षण सम्वर्द्वन सँगै घाेडाघाेडी ताल क्षेत्रकाे व्यापक प्रचार गरि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा टेवा पुगाेस् भन्ने मुल उदेश्यका साथ हुनलागेकाे महाेत्सव ७ गते (आज) वाट १० गते सम्म चल्ने छ ।

