Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

आजको मौसम : देशभर आंशिक बदली

0 64

काठमाडौं, २९ पौष ।। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिक बदली रहने छ। पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको हो।

बुधबार राति काठमाडौं उपत्यकासहित देशका केही भेगमा मेघगर्जनसहित असिना र पानी परेको छ। महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकाका केही क्षेत्र र आसपासमा हल्का वर्षा र असिना परेको हो।

बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम आंशिक बदली रहेको छ। प्रदेश १ का एक–दुई स्थानमा भने हल्का वर्षा भएको छ।

आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। आज र भोलि मौसम सामान्यदेखि आंशिक बदली हुने र घाम लाग्ने क्रम चले पनि पर्सिदेखि मौसममा अर्को प्रणालीको विकास हुने देखिएको मौसमविद् बासीले बताइन्। उनका शनिबारदेखि पानी पर्ने र हिमपात हुने सम्भावना रहेको छ।

यसै बीच बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

School
टिप्पणीहरू
Loading...