कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • असाढ़ी पूजा र कठरिया समुदाय

    असाढ़ी पूजा र कठरिया समुदाय
    Spread the love

    अर्जुन कठरिया, १ असार ।। असाढ़ी पूजा बिशेष रुपले पश्चिम नेपालका थारु समुदायले विभिन्न नामले मनाउने गर्दछन । खास गरेर यो असाढ़ी पूजा पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा खास वसोवास रहेको कठरिया र राना थारु समुदायले असाढ़ीको नामले मनाउने गर्दछन । यो असाढ़ी पूजा गंगादशेहरा को दिन आफ्ना कुल दिउँता (देवता) र ग्राम (गाउँ)देवता भुइयाँ भवानीलाई माटोले पोतेर त्यसको सुकेको गोवरले धूप बाली ,लौंग,घिउ अनि पानीले अगेरि गाउँका महिलाले पूजा गर्ने चलन रहेको छ।

    गंगादशेहरा का दीन केहि को घरमा पक्की रोटि(तेलमा पकायेको रोटि)दीउँतामा अर्थात देवतामा चढाउने चलन रहेको छ। त्यही गंगादशेहरा को दिन मामाले आफ्नो एक बर्ष मुनिको भांज व भांजी को कपाल मुंड़न गर्ने चलन पनि रहेको छ जस्लाई कठरिया भाषामा मुडकतरि पनि भनिन्छ जो की मामा भंजा को र भाई बहिनि को माया अजर अमर पनि बनाई राख्छ भन्ने विश्वास कठरिया समुदायमा रहेको छ।

    असाढ़ी पूजा को प्रसंग को कुरा गर्दा यो प्रचलन खासमा गाउँको रक्षा को निम्ती गर्ने गरिन्छ किनकी प्राचीन समयमा जब गाउँमा वैधहरु नहुँदा र रोगबाट बचन अनि गाउँको मानवीय र दानविय संकट बाट मुक्ति दिनको लागि असाढ़ी पूजाको सुरुवात भएको मानिन्छ। असाढ़ी को बारेमा गाउँ गाउँमा अलग अलग धारणा रहेपनी सबै को साझा उददेश्य नै गाउँको रक्षा को लागि भुइयाँ भवानी को स्थापना गरेको पाइन्छ।

    घोडाघोड़ी नगरपालिका ११ शिसैया का कठरिया विद्धीज़ीवी सन्त राम कठरिया भन्नु हुन्छ कि “उहिलेका हाम्रा पुरखाहरु प्रकृति र जंगली जनावार तथा रोगबाट जयादै गर्सित हुने गर्दाथे।त्यस बाट मुक्ति पाउँन को लागि उहिलेको समयमा गाउँको तन्त्रमन्त्र जान्नेलाई ति संकट बाट बचाउन नियुकत गरियो जस्लाई भररा(धामी झाक्रि)भनिन्छ जसले गर्दा रोगव्याधि,संकट,दुख,विरामी,मृत्यूमा केहि कामि आयो जसले गर्दा यो पूजा को सुरुवात भयो ।”

    यो असाढ़ी पूजा गाउँ भररा को परामर्स अनि भलमनसा को रहोबर अनि पधना (गाउँको मुखिया) को नेतृत्वमा प्रतेक वर्ष मनाउने गरिन्छ।यो पूजा पधनाले गाउँ को सुख शान्ती,समृद्धि अनि रक्षार्थ पुज़िने गरिन्छ। अहिलेको समयमा पधनाको नेतृत्व प्रजातंत्रिक व्यवस्था आएकोले यो कार्य अहीले भलमनसाको नेतृत्वमा पूजीने गरिन्छ। किन मनाईन्छ त असाढ़ी पूजा ? जोशिपुर 3लक्कड गाउँका भलमनसा मूलचंद कठरिया भन्नु हुन्छ यसको एउटा कारण छ।’

    उहिलेको बेला जब विस्तरै गाउँ स्थापना हुने क्रम बढ्यो त्यसै गरि गाउँमा विभिन्न समस्या पनि आउन थाले त्यो समस्या को समाधान गर्न को लागि र गाउँलाई खुसियालीमय बनाउनको लागि सुरु भएको मानिन्छ।’ असाढ़ी को प्रचलन कसरी भयो भन्ने सन्दर्भमा एउटा कथा गाउँमा प्रचलित छ ।

    उहिले को बेला कुनै गाउँमा साना साना भाई बहिनि भेड़ा बाख्रा गाई भैंसि जेठ अषाढ़ को बेलामा चराउने गर्दा थे अनि आफ्नो बालापन को खेल खेल्दै रमाउने गर्दा थे तर एकदिन ति भाई बहिनिहरु मिलेर पधना (मुखिया), भलमनसा, भररा चौकीदार (गाउँको सूचना बाहक)अनि भेड़ा बाख्रा र बंगुर बनी खेल खेलना थाले ।

    अनि खेल खेलमा गाउँको मुखिया (पधना) र भलमनसा को आदेशमा प्वाँखकाे तरवार बनाई भेड़ा बाख्रा र बंगुर बनेका बालक माथी प्रहार गर्न थालियो जसले गर्दा उनिहरुमा रमाईलो भाईरहेको थियो तर बालक हरुलाई प्वाँखकाे तरवार बनाएर प्रहार गर्दा एका एक सबै ढलन थाले ढलन थाले र अन्त तह ति बालकहरुको मृत्यू वरण भयो र ती मुखिया बनेका बालक भाईहरु कालो अँध्यारो मुख लगाउँदै अबेर राती घर पुगे र साथमा रहेका साथिहरू नआउन्दा तिनका आमा वुवाले खोज तालसी र केरकार गर्न थाले।

    अनि एक बालक जो गाउँको पधना (मुखिया) बनेका थिए उनले पुरा घटना सुनाए । हामीहरु गाउँको मुखिया, भलमनसा, भररा (धामी झाक्रि), भेड़ा बाख्रा, बंगुर को भुमिका बनाई खेली रहेका थियौं अनि मेरो आदेशमा भरराले भेंडा, बाख्रा, बंगुर बनेका बालक हरुलाई प्वाँखकाे तरवार बनाएर प्रहार गर्दा एका एक सबै ढलन थाले।पछि यो कुरा गाउँ को मुखिया(पधना)भलमनसा कहाँ पुगे पछि भररालाई (झाँक्रीलाई)पूजा गराउँदा गाउँको बाहीरा को भुइयाँ भवानीले बाली चाहेको र गाउँले ले नदिएको कारण ति बालकहरु को बाली माताले लिएका हुन भने।

    त्यसपछि पधना (मुखिया) ले आफ्नो रहोबरमा बाली दीइ गाउँको रक्षा गरेको भन्ने भनाई रहिआएको छ । त्यसपछि नै यो असाढ़ी पूजा को सुरुवात भएको हो। जो यो बाली दिने प्रचलन छ त्यो खासमा घूटाइली भन्ने दिउँता(देवता)लाई दिने चलन छ । यो असाढ़ी पूजा सबै गाउँमा मनाउने चलन रहे ता पनि एकरूपता न रहेको जसले गर्दा स्थानिय र प्रदेश सरकार बाट विदा को माँग गर्न नसकिएको बर्दगोरिया ५ का बन्ना भुरबा (कोइली भुरुवा) भररा परशुराम कठरिया बताउनु हुन्छ ।

    अन्त्यमा के भन्ना सकिन्छ भने असाढ़ी पूजा एक ऐतिहासिक पहिचानयुक्त पूजा हो जसले थारूको दुख कस्ट,पीर,अन्न अनि वर्षा,हरियाली मात्रै नभई पृकृति पूजा पनि हो भन्ने देखाउँछ। अनि त्यही पूजाले सबै को रक्षा मात्रै नभई हाम्रो अस्तित्व को पनि रक्षा हो ।

    लेखक कठरिया कठरिया सन्देश पत्रिकाका ब्यवस्थापक तथा सम्पादक हुन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD