Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अवैध सुन, मोबाइल सहित कैलालीका भागदेव कठरिया पक्राउ

0 98

धनगढी – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन, मोबाइल र ल्यापटप सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका–८ का भागदेव कठरिया रहेका छन् । जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आगमन भएका कठरियाको गतिविधि संकास्पद देखिएपछि प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइ चेकजाँच गरेको थियो ।

लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा उनको साथबाट ४० ग्राम सुन, तीन थान आइफोन र एक थान ल्यापटप फेला परेको प्रहरीले जनाएको छ ।

जसको मूल्य अनुमानित १० लाख चार हजार ८ सय रुपैयाँ रहेको छ। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

Jay Bajrang
School
टिप्पणीहरू
Loading...