Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अनिल कठरियाले गरे जसपा परित्याग (विज्ञप्ती सहित)

0 317

पहलमानपुर, २९ फागुन ।। जनता समाजवादी पार्टी नेपालका युवा नेतृत्व अनिल कठरियाले पार्टी परित्याग गरेका छन् । लामाे समय देखि पार्टी भित्रबाटै आफ्नाे चरित्र हत्या गर्ने षड्यन्त्र पुर्ण कृयाकलाप भईरहेकाले बाध्यवस पाटी परित्याग गरेकाे उनी बताउँछन् ।

आइतबार कठरिया द्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘कठरिया समुदायबाट म एक मात्र नेतृत्व गर्ने ब्यक्ति भएकाे हुनाले जातिय राजनिती गर्न खाेज्ने र मेराे पछि ब्यक्तिगत दुश्मनी झैैं पछि लाग्ने २/ ३ जनाले कठरिया समुदायकाे नेतृत्व गर्नेलाई कुनै पनि हालतमा पार्टीबाट हटाउन खाेज्ने षड्यन्त्र गरेकाले र राजनितीक प्रतिशाेधकाे भावना भएकालाई पटक पटक कार्बाहीका लागि आग्रह गर्दा पनि पार्टीको नेतृत्व पंक्तिबाट समस्या समाधानको कुनै प्रयास नभएकाले म यस जनता समाजवादी पार्टी नेपाल परित्याग गरेकाे घाेषाणा गर्दछु ।’

anil 2
School
टिप्पणीहरू
Loading...