Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अत्तरियाको पदमा अस्पतालमा बिरामीको मृत्यु, स्थानीयद्धारा तोडफोड

0 111

अत्तरिया, १९ चैत  । अत्तरियाको पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रवार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानीयहरूले तोडफोड गरेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएको हो ।

डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए ।

मृतकका आफन्तले ढुङ्गा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ भने अस्पताल परिसरमा तनावग्रस्त स्थिति सृजना भएको छ । मृतकका आफन्तहरूले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन् ।

School
टिप्पणीहरू
Loading...