अछाम, २९ भदाैं ।। अछामकाे प्रमुख पर्यटकिय क्षेत्र रामाराेशनमा एकै दिन विभिन्न १२ बढी देशका नागरिक घुम्न आएका छन । सुन्दर पर्यटिकय क्षेत्र रामाराेश हेर्न र अवलोकन गर्न विभिन्न देसका नागरिक रामाराेशन क्षेत्र ?आएका हुन ।
यसरी एक, दुई दिनमै ठुलाे संस्यामा बिदेशी नागरिक आउन थालेपछि स्थानीय अचम्मित बनेका छन । ठुलो संख्यामा सरकारको ईज्जत् बिना आएका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा राेक लगाएकाे र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चाैखुट्टे मा राेकेकाे अछामका डिएसपी सन्ताेष पाठकले बताए ।
हाल रामाराेशन आउने बिदेशी नागरिकमा भारतिय, अमेरिकी, क्यानडा, पाेल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको उनको भनाई रहेको छ ।
रामाराेशन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउनु स्वभाविक हाे तर सरकारकाे ईज्जत् नहुंदा राेक लगाइएको र स्थानीय सरकारलाई समेत कुनै जनकारी नभएको रामाराेशन गाँउपाललिका उपाध्यक्ष सृजना बुढाले बताए ।
आफुहरु रामराेशन घुम्न र अवलोकन गर्न आएकाे बताउदै आफुहरुकाे संख्या दुईहजार बढी रहेकाे हुंदा अन्य आउँदै गरेको एक जना बिदेशी नागरिकले बताए ।
