Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अछाममा एमालेका उम्मेदवार बोहरालाई देखाए आफ्नै कार्यकर्ताले कालो झण्डा

0 12

धनगढी, २३ असोज । भीम रावललाई अछाम १ बाट टिकट नदिएपछि आक्रोशित एमालेकै नेता कार्यकर्ताहरुले झपट बोहराको उम्मेदवारी दर्ता गर्ने क्रममा कालो झण्डा देखाइ बिरोध प्रदर्शन गरेका छन् ।

आइतबार जिल्ला निर्वाचन कार्यालय अछाममा टिकट पाएका झपट बोहरा उम्मेदवारी दर्ता गर्न जाँदा उनकै पार्टीका कार्यकर्ताहरुले अध्यक्ष केपी ओली बिरुद्ध बिरोध प्रदर्शन सहित कालो झण्डा देखाएका हुन् ।

नेता भीम रावललाई प्रदेश र जिल्ला कमिटीले उम्मेदवारको लागि सिफारिस गरे पनि केन्द्रबाट हस्तक्षेप गरी नेकपा बिघटन पश्चात एमाले मै बसेका झपट बोहरालाई टिकट दिएको थियो । रावललाई टिकट नदिएपछि अहिले अछाम एमालेमा बिद्रोहको संकेत देखिएको छ ।

20220916 090747
20221004 114653 1
bhajni gapa 1
20221003 142630
20221003 145404
Joshipur.
20221001 143927
टिप्पणीहरू
Loading...