चौमाला, २४ माघ ।। आखिल (क्रान्तिकारी) चौमाला बहुमुखी क्याम्पसमा नवराज साउदको अध्यक्षतामा ३३ सदस्य ईकाई कमिटी गठन गरिएको छ । संगठनका केन्द्रिय सचीव उमेश कडेल र कैलाली जिल्ला सचीव तथा चौमाला बहुमुखी क्याम्पस का स्ववियु सभापति प्रकाश आचार्य को बिशेष उपस्थितिमा चौमाला बहुमुखी क्याम्पस मुल इकाइ कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः योगेन्द्र साउद, रुपक बहादुर खड्का र पार्वती कडेल रहेका छन् । सदस्यहरुमा अमृता बम, लक्ष्मी साउद, द्ववारीका भण्डारी, वसन्ती धामी, वसन्ती शाहा, सुनिता चौधरी, सबिता चौधरी, विमला जोशी, ममता रावल, हिमा बडैला, अनिता ठगुन्ना, लक्ष्मी ओझा, बिर्मा बोहरा लगायत रहेको ईकाई कमिटी अध्यक्ष नवराज साउदले जानकारी दिएका छन् ।
